दीपिका र आलियको मिमिक्रिी गर्न कठिन: जेमी लिवर
एजेन्सी । कमेडियन जेमी लिवर कलाकारहरुको मिमिक्री गर्न र मिमिक्रीको भिडियोहरु तयार गरेर आफ्ना प्रसशंसकहरुलाई मनोरञ्जन गर्न माहिर मानिन्छिन् । तर, उनलाई आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्न निकै कठिनाई हुने गर्छ ।
आईएएनएस लाइफसँग जेमीले भनेकी छिन्, ‘म आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्ने कोसिस गर्दै थिएँ, तर सकिन । तर एक न एक दिन म पक्कै पनि यसलाई सहज रुपमा गर्नेछु । मलाई नयाँ–नयाँ कोसिस गर्न र नयाँ कलाकारहरुको मिमिक्री गर्न मन लाग्छ । मलाई सँधैं प्रयोग गर्न मन लाग्छ । हो, आलिया र दिपिकाको मिमिक्री गर्न मलाई गाह्रो हुन्छ, तर एक न एक दिन पक्कै गर्नेछु ।’
गोदरेज एल फायरको वेभ सिरिज ह्यास ट्याग लिव इट अप २०२१ मा आबद्ध जेमीले अगाडि भनिन्, ‘म धेरै कलाकारहरुको मिमिक्री गर्ने कोसिस गर्छु । मलाई लाग्छ कि पूरुष कलाकारहरुको मिमिक्री गर्न केही बढी समस्या छ किनकी तपाई उनीहरुको आवाज सही रुपमा बनाउन सक्नुहुन्न् । तर हाउभाउ ठिक हुन्छ । त्यसैले हिरोहरुको मिमिक्री गर्न कठिन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण