भत्ताले एकल पुरुषको जीवन सहज
ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ ।
६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भन्नुभयो । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल सम्पर्कमा नभएको र छोरोसमेत पत्ता नलागेको उनले बताए ।
घलेजस्तै गाउँपालिका–३ स्थित भट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष भत्ताले राहत पाएको महसुस गर्नुभएको छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए ।
“गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उनले भने, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण