सिंहदरबारभित्रका क्यान्टिनलाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ ।
विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो ।
तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनबाट आएको गुनासोका आधारमा अनुगमनका लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिषद्मा रहेको केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ ।
उक्त क्यान्टिन सञ्चालकले व्यवसायी फर्मअन्तर्गत दर्ता वा नवीकरणका आवश्यक कागजात देखाउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।
उनका अनुसार वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनको अनुगमनका क्रममा म्याद नाघेका पानी रपेय पदार्थ भेटिएकाले दुई हजार सात सय बराबरको पानी र पेय पदार्थ नष्ट गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण