पति र प्रेमीको कुटाई झेलेकी यी अभिनेत्री, जसको कुटपिटबाट आँखा फुट्यो
बलिउडको ७० को दशककी चर्चित नायिका जिनत अमानले ७० देखि ८० को दशकमा आफ्नो सुन्दरताले सबैको मन जित्न सफल भइन् । उनले परम्परागत कपडा लगाउने प्रचलनलाई चुनौती दिँदै उनले पश्चिमी फेशनलाई अंगालेकी थिइन् ।
सन् १९५१ मा जन्मिएकी जिनतले सन् १९७१ मा बलिउडमा फिल्म हरे राम हरे कृष्णा बाट फिल्ममा पहिचान पाउन सफल भएकी थिइन् । उनलाई फिल्ममा देव आनन्दले लिएर आएका थिए । त्यसपछि उनको नाम संजय खानसँग जोडियो । त्यसपछि उनको व्यक्तिगत विषयमा चर्चा हुन थाल्यो ।
संजय खान विवाहित थिए । उनका बालबच्चा पनि थिए । उनी जिनतसँग सम्बन्धमा रहे । उनले जिनतसँग विवाह पनि गरेका थिए । तर झगडा बढ्न थाल्यो । मिडिया रिपोर्टका अनुसार एक पार्टीमा संजयले सबैको अगाडि जिनतलाई पिटे । जिनतको आँखा फुट्यो । त्यसपछि उनीहरुको ब्रेकअप भयो ।
जिनतले फेरि सन् १९८५ मा मजहर खानसँग विवाह गरिन् । तर उनको वैवाहिक जीवन पनि सफल भएन । मजहरले पनि उनीमाथि कुटपिट गर्थे । वैवाहिक जीवनमा पनि पीडा मिलेपछि उनले सम्बन्धविच्छेद गरेर एक्लै बस्न थालिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण