विवाहको ७ वर्षपछि किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद
शनिबार, ०८ फागुन २०७७, १२ : २५
टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ ।
उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् ।
लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले आफ्ना चार छोराछोरीको संयुक्त हेरचाहको माग गर्दै सम्बन्धविच्छेद माग गरेकी हुन् ।
सन् २०१४ मा धुमधाम विवाह गरेका यो जोडीको विवाह इटलीमा भएको थियो । उनीहरुको सम्बन्धको सुरुवात सन् २०१२ मा भएको थियो । उक्त समयमा किम अमेरिकी फुटबलर क्रिस हमफ्रिइजकी पत्नी थिइन् । उनले सन् २०१३ मा क्रिससँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
यता, र्यापर कान्येले किम बाइपोलर डिसअर्डरको समस्याबाट पीडित भएको खुलासा गरेका थिए । उनले किममाथि आफूलाई पीडित बनाएको आरोप लगाएका थिए ।
किम र कान्ये आफ्नो क्षेत्रमा निकै चर्चित व्यक्तित्व हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण