सहुलियतपूर्ण कर्जा लिने बढ्दै : हालसम्म ६१ हजारले लिए
ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ । सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार ८ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जजना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक, वित्तीय संस्थाले एक खर्ब ३७ करोड रुपैयाँ ब्याजको कर्जा लगानी गरेका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा अहिलेसम्म सबैभन्दा बढी कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा छ । यसमा हालसम्म ७६ अर्ब ५९ करोड रुपैयाँ लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ । अहिलेसम्म ३३ हजार ८ १७ ले कृषि तथा पशुपंक्षी कर्जा लिएका छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण