बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कङकङ चिल सात वर्षपछि नेपालमा

आइतबार, ०९ फागुन २०७७, ०६ : ५७
आइतबार, ०९ फागुन २०७७

काठमाडौँ । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ ।

सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ ।

सिकारी चराविद्  डा. तुलसी सुवेदीले  जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको  ठूलो  खर्कमा यो चिल भेटिएको बताए ।

उनले भदौपछि  बसाइँसराइ  गरेर  नेपाल आउने  सिकारी  चरामध्ये  दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने  नेपालमा  नभेटिएको  जानकारी दिए ।

उनका  अनुसार  यस  पटक पनि  जम्मा  एउटा  मात्र  कङकङ चिल  बसाइँ  सरेर  नेपाल  आएको होध्र हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको  सिमसार  क्षेत्रमा  रमाउने गर्छ ।  सन्  २०१३  अघि  पनि  थोरै सङ्ख्यामा आउने गरेको थिया । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप