फुलेकोे तोरी उखेल्न नपाउँदै ओइलिइन् भागरथी
आइतबार, ०९ फागुन २०७७, ०७ : ११
शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ ।
आमा द्रोपती छोरीले बारीमा छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् ।
भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क फुलेको तोरी के गर्नु ? दाजु केशवले भने, “छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,” केशवले भने, “घर खर्च चलाउन बाख्रा पनि पालेकी थिई । बस्तुभाउ उसैको जिम्मामा थिए ।”
चडेपानी गाउँबाट डेढ घण्टाको दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव बुझे र दाजु केशव भट्टले महाकालीमा अन्तिम संस्कार गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहन थियो तर आमालाई आफन्तले हेर्न जान दिएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण