'अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने'
संसद् पुनःस्थापनाका पक्षमा उभिन एक कार्यक्रमका सहभागीहरूले सबैसँंग आग्रह गरेका छन्। नेपाल प्रेस सोसाइटी र संकल्प क्रियसनले वर्तमान राजनीतिक संकट र युवाहरूको भूमिका विषयमा शनिबार भक्तपुरमा गरेको कार्यक्रमका सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको जिकिर गरे।
कार्यक्रममा अभियन्ता हेमराज थापाले अवको युवा राजनीतिक दलहरूको झण्डा बोक्न मात्रै प्रयोगमा नआउने बताए। उनले जिन्दावाद र मुर्दावाद नारामा मात्रै सीमित राख्ने कोसिस अबका युवाहरूलाई नगर्ने सचेत गराए। उनले अवका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने पनि स्पष्ट पारे। नेकपा भक्तपुरका युवा नेता देवेन्द्र श्रेष्ठले देशको राजनीतिक संकटको समाधान गर्ने जिम्मा युवाको काँंधमा आएको बताए।
यस कारण युवाहरू अदालतले न्याय देला भन्दै चुप लागेर वस्न नमिल्ने बताए। युवा चुप लागेर पसे अदालतले संसद पुनस्थापना नगर्ने भन्दै आन्दोलनको आँंधीहुरीबाटै संसद् पुनस्थापना गर्नुपर्ने बताए।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष पर्शुराम खापुग, युवा नागरिक अभियन्ता रमेश ख्याज, आयोजक नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव लुईंटेललगातले पनि वर्तमान राजनीतिक संकटमा युवाहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण