किन हानिन् करीनाले बिपाशालाई थप्पड ?
एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म ुअजनबीुबाट बलिउडमा पाइला टेकेकी थिइन् ।
यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । उनको दमदार अभिनयका कारण नै उनले एकपछि अर्को सुपरहिट फिल्ममा काम गर्ने मौका पाइन् ।
बिपाशाले भुतका फिल्महरु 'राज'मा गरेको अभिनयले दर्शकको धेरै माया पाइन् । यसपछि उनले 'धुम', 'हेराफेरि-२' जस्ता फिल्ममा पनि दमदार अभिनय गरिन् ।
फिल्म खेल्ने क्रममा उनी थुप्रै घटनाहरुसँग जोडिएर चर्चामा आइन् । जसमध्ये अभिनेत्री करीना कपूरसँगको एउटा घटनाले पनि उनी निकै चर्चामा आइन् । सन् २००१ मा फिल्म 'अजनबी' मा बिपाशा र करीनाले एकसाथ काम गरेका थिए । फिल्म सेटमा उनीहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाइन् । जसको चर्चा आजसम्म पनि हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण