महिलाको कामुकतालाई पाप मानिन्छ : एकता कपूर
बलिउड उद्योगकी टेलिभिजन क्विन एकता कपूरले बारम्बार महिलाहरुको अधिकारको बारेमा आवाज उठाउने गरेकी छन् । उनले फेरि एकपटक महिलाको निजी हकको बारेमा बोलेकी छन् ।
धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिन्छ । तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डॉली किटी’ र ‘वो चमकते सितारे’ जस्ता फिल्मले महिलाको यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन् ।
उनले भनेकी छन्, 'अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ । मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ । तर देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु । सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो ।'
उनले रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने भएपनि अन्य महिलाहरुको समस्या अलग अलग हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण