अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार
अभिनेता अक्षयकुमारका अनुसार बलिउड यात्रा सुरु गरेको केही वर्षपछि उनलाई आफू एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो । अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिन सुट गर्नुपर्छ । मलाई यो सम्झदाँ बोर हुन्थ्यो। त्यसपछि केवल एक्सन फिल्ममात्रै गरेर म के गर्दैछु भनेर सोच्न थालें ।’
कसरी कमेडी फिल्म गरेर आफ्ले स्टेरियोटाइप छविलाई बदले भन्ने अक्षयलाई राम्ररी याद छ । उनी भन्छन्, ‘मैले अलग–अलग काम गर्ने कोसिस गरें । त्यतिबेला मानिसहरु तिमीले कमेडी गर्न सक्दैनौं भन्थें । तर, प्रियदर्शनजी र राजकुमार सन्तोषीजीले मलाई कमेडीमा ब्रेक दिनुभयो ।’
हेरा फेरि, गरम मसाला, भागम भाग, भुलभुलैयाजस्ता प्रिय दर्शन निर्देशित कमेडी फिल्महरुमा अक्षय मुख्य भूमिकामा छन् ।
कस्तो शैलीमा काम गर्न रुचाउनुहुन्छ भन्नेबारे अक्षयको जवाफ छ, ‘म खलपात्रको भूमिका वा नायकको भूमिका भनेर हेर्दिनँ । मैले सबै भूमिका गरेको छु । यदि मलाई फिल्म राम्रो लाग्यो भने म काम गर्छु ।’
चाडैं नै अक्षयको अभिनय रहेको ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एटिएस अफिसर वीर सूर्यवंशीको भूमिका निभाएका छन् । त्यस्तै ‘बेल बटम’ मा उनी ‘रअ’ एजेन्टको भूमिकामा देखिँदै छन् भने ‘पृथ्वीराज’ मा पृथ्वीराज चौहानको भूमिकामा अभिनय गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण