विजयसभा चल्दै गर्दा देउवा भेट्न पुगे प्रचण्ड–नेपाल
बुधबार, १२ फागुन २०७७, १३ : ५०
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल‘प्रचण्ड’,माधवकुमार नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच केहीबेर अघिबाट छलफल सुरु भएको हो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड र नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।
देउवा निकट स्रोतका अनुसार तीन नेताबीच अबको राजनीतिक कोर्ष कसरी अघि बढाउने भन्ने बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि पुनःस्थापना भएपछि पनि राजीनामा नदिने संकेत गरेका छन् । यस्तो अवस्थामा ओलीविरुद्ध लगिन सक्ने अविश्वास प्रस्ताव, भावी प्रधानमन्त्री चयनलगायतका विषयमा नेताहरुबीच छलफल हुने बुझिएको छ । प्रतिनिधिसभा विघटन बदर भएपछि चितवन पुगेका प्रचण्ड र नेपाल आज बिहानै त्यहाँको सभालाई छाडेर काठमाडौ फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण