रेखामाथि प्रयोग गरिएको थियो यस्ता अपशब्द
सदाबहार अभिनेत्री रेखा जति सुन्दर र चर्चित छिन् त्यस्तै उनको सम्बन्धहरु पनि निकै चर्चामा छन् । रिल जिन्दगीमा उनले आफूभन्दा जेठा र कान्छा दुवै अभिनेत्रीसँग रोमान्स गरेकी छन् । उनको वास्तविक जीवनमा पनि यस्ता केही अभिनेताहरुसँग नाम जोडिएको छ । त्यति मात्र होइन उनको रहस्यमय सिन्दुरले पनि उनलाई निकै चर्चामा ल्यायो । जसको कारण उनको बलिउड उद्योगका केही महिलाहरुले उनलाई अपशब्द समेत प्रयोग गरेका थिए ।
रेखाको महानायक अमिताभ बच्चनसँग अफेयरको चर्चा निकै चल्यो । यति मात्र होइन रेखाको नाम जितेन्द्र, धर्मेन्द्र र सुनिल दत्त जस्ता अभिनेतासँग पनि उनको नाम जोडिएको थियो । उनको नाम प्रायः विवाहित पुरुषहरुसँग जोडिएको थियो । उनको नाम विवाहित पुरुषसँग जोडिन थालेपछि उनलाई थुप्रै अपशब्द जस्तै अतिकामुक, डायन र नरभक्षी समेत भन्न थालेका थिए ।
सन् १९७६ मा २२ वर्षकी रेखालाई सुनील दत्तकी पत्नी तथा सञ्जय दत्तकी आमाले नरगिसले रेखाले पुरुषहरुलाई आफूतिर तान्न अनेक संकेत दिने गरेको बताएकी थिइन् ।
नगरिसले रेखालाई मनोवैज्ञानिक रुपमा अस्वस्थ रहेको बताएकी थिइन् । उनको व्यवहारका कारण नै रेखाप्रति पुरुषहरु पछि पर्ने गरेको बताएकी थिइन् ।
रेखाको नाम दिवंगत अभिनेता तथा सञ्जय दत्तको पिता सुनील दत्तसँग जोडियो । उनीहरुको अफेयरको चर्चा पनि चलेको थियो । तर नगरिसको अपशब्दपछि उनीहरुको सम्बन्ध समाप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण