उपत्यकामा फेरि देखियो बर्डफ्लु
काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ ।
शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो ।
बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत गराइएको विभागले जनाएको छ ।
अहिले सम्म पाँच वटा फर्ममा बर्डफ्लुको संक्रमण देखिएको र ती फर्महरुमा पालिएका कुखुरा, चल्ला र दाना समेत नष्ट गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।
बर्डफ्लुको संक्रमण अन्य क्षेत्रमा समेत फैलन सक्ने भन्दै अहिले नागरिकमा सबैमा सचेत रहन र कुखरा जन्य वस्तुको किन बेच नगर्न समेत सबैलाई आग्रह गरेको छ ।
केही दिन अघि सोही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि करिब १४ वटा हाँस नष्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का
-
चालु वर्षको अन्तिम भुक्तानी हुने दिन आज, विकासे कार्यालयमा भुक्तानीको चटारो
-
बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
-
अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
-
रोनाल्डो मोहले निम्त्याएको पोर्चुगलको विश्वकप दुर्घटना
-
काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण