अमेरिकी आक्रमणमा दुई दिनमा १४ जनाको मृत्यु
बिहीबार, २५ असार २०८३, १२ : २२
सारांश
- अमेरिकी सेनाले पछिल्ला दुई दिनदेखि गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको इरानले बताएको छ ।
- यी आक्रमणहरू देशका पाँच वटा प्रान्तमा केन्द्रित रहेका छन् ।
- अमेरिकाले इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्रलगायतका दर्जनौँ लक्ष्यमा आक्रमण गरेको छ ।
तेहरान । अमेरिकी सेनाले पछिल्ला दुई दिनदेखि गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको इरानले बताएको छ । यी आक्रमणमा अरु ७८ जना घाइते भएको बताइएको छ । इरानको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबारदेखि सुरु भएका अमेरिकी आक्रमणहरू देशका पाँच वटा प्रान्तमा केन्द्रित रहेका छन् ।
यसैबिच, इरानको सरकारी सञ्चारमाध्यमले बिहीबार राति भएको अमेरिकी हवाई आक्रमणमा थप तीन जनाको मृत्यु भएको जनाएको छ । दक्षिणपश्चिमी खुजेस्तान प्रान्तका उपगभर्नरका अनुसार अहवाज सहरको बाहिरी क्षेत्रमा गरिएको अमेरिकी आक्रमणमा अन्य केही व्यक्ति पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
अमेरिकाले पछिल्ला दुई दिनमा इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्रलगायतका दर्जनौँ लक्ष्यमा आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण