अभिव्यक्ति विवादपछि गायिका इब्शलले मागिन् माफी
सारांश
- गायिका इब्शल सन्ज्यालले टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्ति विवादित भएपछि माफी मागेकी छन् ।
- उनले अमेरिकामा बस्ने एक अछामी परिवारमा महिनावारी हुँदा विभेद हुने गरेको दाबी गरेकी थिइन्, जसको आलोचना भएको थियो ।
- इब्शलले आफ्नो अभिव्यक्तिबाट अछामवासीको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रमाण नभएको र नियतवश कसैको प्रतिष्ठामाथि प्रहार गर्ने मनसाय नभएको स्पष्ट पारेकी छन् ।
काठमाडौँ । एक टेलिभिजन अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिका कारण विवादमा तानिएकी गायिका इब्शल सन्ज्यालले माफी मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्पष्टीकरण लेख्दै उनले अभिव्यक्तिबाट अछामवासीको आत्मसम्मान र भावनामा चोट पुग्न गएको भन्दै माफी मागेकी हुन् ।
केही समयअघि एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा उनले अमेरिकामा बस्ने एक अछामी परिवारमा अझै पनि महिनावारी हुँदा घरबाहिर छुट्टै कोठामा राखिने गरिएको दाबी गरेकी थिइन् । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । त्यसैले पनि आफू कहिल्यै अमेरिका नगएको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष प्रमाण नभएको स्वीकार बताएकी छन् ।
‘सामाजिक सञ्जालमा महिनावारी स्वास्थ्य र चेतनासम्बन्धी सामग्री प्रस्तुत गरेपछि अमेरिकाबाट एक शुभचिन्तकले फोन गरी अछामका एक व्यक्तिले अमेरिकामा पनि महिनावारी हुँदा विभेद गर्ने गरेको कुरा सुनाएको मैले बताएको थिए’, उनले भनेकी छन् ‘अन्तर्वार्ताका क्रममा सोही कुरा मेरो अभिव्यक्तिका रूपमा आयो, जुन कुनै नियतवश अछामको प्रतिष्ठामाथि प्रहार गर्नका लागि थिएन, ।’ उनले हाल ती शुभचिन्तकसँग सम्पर्क हुन नसकेकाले उक्त दाबीको प्रमाण आफूसँग नभएको समेत उनले स्पष्ट पारेकी छन् ।
आफू सानै उमेरदेखि छाउपडी प्रथाविरुद्धको अभियानमा जोडिएको उल्लेख गर्दै उनले भनिन्, ‘मैले महिनावारीका बेला भान्सा वा पूजा कोठामा पस्न पाउनुपर्छ भन्न खोजेको होइन, केवल छोरीमान्छे सुरक्षित र सफा ठाउँमा घरभित्रै बस्न पाउनुपर्छ र छाउगोठमा बस्दा हुने सम्भावित जोखिमबाट बच्नुपर्छ भन्ने मेरो आशय हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण