बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

बिहीबार, २५ असार २०८३, १२ : ०२
बिहीबार, २५ असार २०८३

चितवन । चितवनका स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक (क्वीर) समुदायका ८५ प्रतिशत मानिस आन्तरिक मानव बेचविखन र यौन शोषणबाट पीडित बन्नुपरेको उल्लेख छ ।

संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले सन् २०२४÷२५ भरतपुर महानगरभित्र तीन वटा स्पा सञ्चालन रहेकोमा सन् २०२५÷२६ मा त्यो सङ्ख्या २१ पुगेको छ, जुन ६०० प्रतिशतले वृद्धि भएको जानकारी दिए । 

उनले होटल, डान्सबार, दोहोरी र स्पाजस्ता मनोरञ्जन क्षेत्रको नियमनका लागि छुट्टै कानुन नहुनु तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अनुगमन अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले बेचबिखन र यौन शोषणको जोखिम बढ्दै गएको बताए । 

अध्ययनमा सहभागी ६९ प्रतिशत दलित क्वीरले भोगेका हिंसा र विभेदका घटनालाई सञ्चार माध्यमले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप