बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

बिहीबार, २५ असार २०८३, १२ : ३६
बिहीबार, २५ असार २०८३

सारांश

  • ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।
  • आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो प्रणालीलाई खुला राख्न लागेको हो ।
  • राष्ट्र बैंकले असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

काठमाडौँ । ठुला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली बिदाको दिनमा समेत सञ्चालन हुने भएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा हुने कारोबार तथा भुक्तानी चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम साताको सार्वजनिक बिदामा यो प्रणालीलाई खुला नै राख्न लागेको हो ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै असार २७ गते शनिबार र २८ गते आइतबारका दिन यो प्रणाली यथावत् सञ्चालन गर्ने जनाएको छ ।

सबैजसो बैंक तथा वित्तीय संस्था आबद्ध रहेको यो प्रणाली राष्ट्र बैंकले नै सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप