विविध कार्यक्रमसहित रुपा गाउँपालिकाले स्थापना दिवस मनाउने
पोखरा । रुपा गाउँपालिकाले पाँचौं स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । गाउँपालिकाले फागुन २३ गते स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, गाउँपालिकास्तरीय झाँकी प्रदर्शन, फूल तथा दुबोको माला प्रतियोगिता, स्रष्टा सम्मान लगायतका कार्यक्रम आयोजना हुने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
‘रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने मुल नारासहित मनाउन लागेको कार्यक्रममा पालिकाभित्रका स्रष्टाको सम्मान, पालिकाबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान समेत गरिने उनले बताए ।
अध्यक्ष ओझाले रुपाले विकास र समृद्धिका लागि उल्लेख्य कार्य गरेको बताउँदै युवा तथा खेलकुदको विकासका लागि हरेक वडामा खेलकुद मैदान, गाउँपालिकास्तरीय कभर्डहल, प्यारापिटसहितको स्टेडियम निर्माण लगायतका कार्य गरेको बताए ।
उनले पालिकामा पर्यटन विकास, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार, सडक, सिँचाई, कृषि, पशुपालन र रोजगारी लगायतका क्षेत्रमा उल्लेख्य कार्यहरु गरेको दावी गरे । गाउँपालिकाका प्रवक्ता टेकबहादुर गुरुङले पालिकाको स्थापना दिवसमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेका नगद पुरस्कारसहित सम्मान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण