सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड
बलिउडका अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् ।
सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् । छोरा इब्राहिम र छोरी सारा खान ।
सैफले पहिलो पत्नी अमृतालाई सम्बन्धविच्छेद गरेपछि करीनासँग विवाह गरेका हुन् । सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार फिल्म निर्माता राहुल रवैलको एउटा फिल्म सेटमा नजिकिएका सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए । तर १३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।
सम्बन्धविच्छेदपछि सैफले ५ करोड (भारतीय रकम) दिएका थिए । उनले २.५ करोड पहिलोपटक र २.५ करोड दोस्रोपटक गरेर ५ करोड दिएका थिए । साथै, सैफले इब्राहिम १८ वर्षको हुँदासम्म हरेक महिना १ लाख दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण