म्यानमारः १८ जना मारिएको भोलिपल्ट प्रदर्शनकारीहरु पुनः सडकमा
एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि याङगनमा प्रहरीले गोली नै बर्साएको थियो । सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएको देखिएको थियो । ‘कू को एक महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली बर्साएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।

सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीन हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।
स्रोतः रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण