केपी ओलीमा नैतिकता हरायो: पम्फा भुषाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै भुषालले केपी ओलीको कदमलाई सर्वोच्च अदालतले पराजित गरेपनि पदबाट राजीनामा नदिने हुंकार गरिरहेकाले उनमा नैतिकताको खडेरी परेको पनि बताइन् ।
ओलीकै कारण नेपालमा नै नैतिकताको राजनीति हराउँदै जान थालेको भुषालको भनाई छ । उनले एउटा संवैधानिक अंग सर्वोच्च अदालतले संविधानसम्मत निर्णय गरेपनि अर्को संवैधानिक निकाय निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्न नसक्दा प्रश्न उठ्न पुगेको बताइन् । उनले सर्वोच्चको फैसलापछि मुलुक अग्रगमनको दिशातर्फ अघि बढ्न पुगेको भन्दै आयोगले पनि त्यसतर्फ ध्यान दिने र सहि निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण