दोलखामा नेपाल टेलिकमको फोरजी विस्तार
चरिकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ । टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा सञ्चालन गरेको हो । जिल्लाको विभिन्न स्थानीय तहमा राखिएको २३ वटा टावरबाट नेपाल टेलिकमले सो सेवा सञ्चालनमा ल्याएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले बताए ।
एक सातामा ग्रामीण क्षेत्रका चार स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशंकर गाउँपालिका–८ खारेको टावरबाट, यसैगरी सिंगटीमा, जिरी नगरपालिकाको श्यामा र सैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट सो सेवा विस्तार गरिएको हो । आन्तरिक पर्यटकलाई लक्षित गरी दोलखाको उत्तरी विकट क्षेत्र वेदिङमा टेलिफोन सेवा विस्तार भए पनि फोरजी सेवा सञ्चालनमा आउन सकेको छैन भने वैत्यश्वर गाउँपालिका–५ मैनापोखरी क्षेत्रमा सेवा विस्तारका लागी प्रक्रिया शुरू भएको नेपाल टेलिकम दोलखाले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई लक्षित गरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा शुरु भएसँगै गाउँपालिकाका चंखु, मार्बु, खारेलगायत वडामा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए । टेलिकमको फोरजी सेवा पुगेका कतिपय ठाउँमा थ्रिजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सकिने र यसका लागि स्टार ४४४ ह्यास डायल गरेर सिम सुचारु गर्न सकिने जनाइएको छ ।
दोलखामा आधा दर्जन प्राइभेट कम्पनीले इन्टरनेट प्रदान गर्दैं आई रहेको भएता पनि हिमाली जिल्ला भएको र फाइवरमार्फत इन्टरनेट प्रदान गर्न नसकेको कारणले टेलिकमको इन्टरनेट सेवा धेरैको रोजाइमा पर्ने गरेको छ । हिमाली जिल्लामा इन्टरनेट प्रदान गर्ने पुरानो प्रविधि भि स्याट प्रविधिमार्फत जिल्लामा इन्टरनेट वितरण गर्दै आएकोमा यसप्रति सेवाग्राहीको गुनासो बढ्दै गएपछि फाइवर लाइनमा जिल्लालाई जोडिएको छ । हिमाली जिल्ला भए पनि राजधानीबाट नजिकै र यातायत सेवाले नजिकै भएको कारण बनेपा काभ्रे हुँदै र सिन्धुली खुर्कोट हुँदै दुई क्षेत्रबाट फाइवर लाइन जोडिएको छ ।
नेपाल सकारले डिजिटल नेपाल निर्माण गर्ने अभियानअन्तर्गत स्मार्ट दोलखा निर्माणको काम सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाबाट उद्घाटन गरेर शुरु गरेका छन् । प्रत्येक क्षेत्रमा गुणस्तरीय इन्टरनेटको आवश्यकता पर्ने हुँदा मन्त्री गुरुङको निर्देशनमा नेपाल टेलिकमले द्रुत गतिमा फाइभर लाइन विस्तार तथा इन्टरनेटको काम गरी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण