निर्वाचन आयोग पुगेर महेश बस्नेतले भने, ‘विभाजनको निर्णय दिन हतारो नगर्नु होला’
नेकपाको आधिकारिकताको विवादको निर्णय गर्न हतार नगर्न केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् । राजनीतिक रुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता बस्नेत बिहीबार आयोगमा पुगेर सो आग्रह गरेका हुन् ।
आयोगमा उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुसँग केहीबेर छलफल गरेका थिए । आयोगले नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेकाले आयोगको भूमिकामाथि प्रशन उठिरहेको बेला ओली पक्षका अत्यन्त निकट मानिने नेताले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न आयोगलाई आग्रह गरेको बताए । ‘हामीहरू एकताको अभियानमा लागेका छौँ, विभाजनको निर्णय गर्न हतारो नगरिदिनुहोस्,’ बस्नेतले भने । उनले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले वक्तव्य निकालेर बाहिरबाट दबाब बढाएकोसमेत आयोगमा चर्चा गरेको बताए ।
यता, एक आयुक्तले भने बस्नेतसँग कुनै औपचारिक छलफल नभएको दाबी गरे । बस्नेतले सञ्चारकर्मीसँग बाहिर भनेजस्तो कुनै सल्लाह नभएको जिकिर गरे ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा एमालेको बटमलाइन– सकेसम्म यही गठबन्धन जोगाउने, सम्भव नदेखिएमात्र विकल्प खोज्ने
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण