प्रभावशाली महिलाको सूचीमा दीपिकाको नाम समावेश
दीपिका पादुकोणका लागि उत्साहको खबर छ । सिनेमा क्षेत्रमार्फत समाजमा पु-याएको योगदान बापत २०२१ को भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट रिपोर्टमा उनको नाम समावेश छ । विश्व चर्चित भेराइटी म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावकारी व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार गर्ने गर्छ ।
यस रिपोर्टमा परोपकारी काममा भाग लिएकोमा दीपिकाको प्रशंशा गरिएको छ । लिभ लाफ लभ फाउन्डेशनमार्फत दीपिकाले २०१५ देखि नै मानसिक समस्या भोगिरहेका मानिसहरुसँग संवाद सुरु गरेकी थिइन् । दीपिकाका विषयमा भेराइटीको रिपोर्टमा लेखिएको छ, ‘बलिउड स्टार पादुकोणले एसिड हमलाबाट बाँचेकी महिलाका विषयमा एक सामाजिक फिल्म ‘छपाक’ निर्माण तथा अभिनय गरेकी छिन् ।’
आफ्नो यात्राका विषयमा भेराइटी म्यागेजिनसँग कुराकानी गर्दै दीपिकाले भनेकी छिन्, ‘भाग्यवस्, मैले बजेट वा अन्य कारणहरूले कुनै पनि फिल्म खेल्ने निर्णय लिनु परेन । मैले फिल्म खेल्ने निर्णय आफ्नो जीवनमा म भावनात्मक रुपले कहाँ छु भन्ने विषय गर्छ । मेरा सबै रोजाई यही कुराले गर्छ ।’
भारतीय चलचित्र उद्योगमा निकै रुचाइएकी र सम्मानित अभिनेत्रीका रुपमा दीपिका पर्छिन् । उनी कहिले समाजसेवा त कहिले सामाजिक फिल्मका कारण चर्चामा आउँछिन् । १४ वर्षअघि कन्नड फिल्म ऐश्वर्यमार्फत उनको अभिनय यात्रा सुरु भएको थियो । सन् २००७ मा प्रदर्शनमा आएको ‘ओम शान्ति ओम’ उनको पहिलो बलिउड फिल्म थियो । यस फिल्ममार्फत उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण