चर्चित मोडल बन्ने लक्ष्य छः श्वेता
काठमाडौँ । पछिल्लो समय कलाकारिताको आकर्षण बढ्दो छ । सायद, त्यसैले पनि होला दिन प्रतिदिन यो क्षेत्रमा भित्रिनेको भीड छ । कलाकारिता र मोडलिङमा सुनौलो भविष्यको सपना पालेर भित्रिने थुप्रै युवायुवती मध्येकी एक हुन् श्वेता मिश्र । चितवन टाडीकी स्थायी बासिन्दा श्वेता चर्चित मोडल तथा सफल कलाकार बन्ने लक्ष्यले यो क्षेत्रमा होमिएकी हुन् ।
सौदर्य प्रतियोगिता ‘मिस नेपाल कल्चर’ मा ‘मिस फोटो जेनिक’ को उपाधि हात परेपछि सन् २०१६ बाट अभिनय र मोडलिङ रोजेकी श्वेताले पहिलो फोटो सुट नारी म्यागजिका लागि गराएकी थिइन् । त्यसपछि लगातार कर्मसिलय फोटोसुट गर्दै आएकी उनले केही म्युजिक भिडियो समेत अभिनय गरेकी छन् ।

केही वर्ष अगाडि गायक कपिलको ‘म पनि माया गर्थे होला’ गीतको म्युजिक भिडियोबाट भिडियो मोडलिङ थालेकी श्वेताको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘यो माया नै हो’ केही दिन अगाडि सार्वजनिक भएको थियो । जसबाट उनले राम्रो चर्चा समेत पाउन सफल भइन् ।
गायक प्रज्वल श्रेष्ठको स्वर, शब्द र संगीत रहेको गीतमा उनी सिमरन शाक्यको साथ देखिएकी थिइन् । मणिको निर्देशन रहेको यो भिडियोले राम्रो चर्चा दिलाएको उनले बताइन् । सानैदेखि फोटो खिच्न, नक्कल पार्न रमाउने स्वभावकी श्वेता आगामी दिनमा पनि भिडियो मोडलिङ निरन्तरता दिने बताउँछिन् ।

फिल्म अभिनयका विषयमा भने उनले अहिले सोचिसकेकी छैनन् रे । भनिन् ‘फिल्म अभिनयका लागि त्यस विषयमा ज्ञान पनि हुनुपर्छ । त्यसका लागि प्रशिक्षण लिने सोचमा छु ।’ विशेष गरेर क्याजुअल पहिरनमा आफुलाई कम्फर्टवल फिल गर्ने उनी सारी र कुर्था सुरुवालमा राम्री देखिन्छन् । नाच्ने, गाउने र सामाजिक काममा रुचि भएकी उनको बोलिरहने स्वभाव पनि छ । फिल्मी कलाकारमा राजेश हमाल चिन्ने बताउने श्वेताको मनपर्ने खानेकुरो मम हो ।
‘अरुको नजरमा सुन्दर र आकर्षक देखिनु नै ग्ल्यामर हो’ श्वेताले ग्ल्यामरको बिषयमा धारणा राखिन् । चर्चित मोडल बन्ने धेरै भन्दा धरै काम गर्ने सोचमा रहेकी उनलाई यो क्षेत्रमा परिवारको पनि साथ र समर्थन रहेको छ । ‘परवारको साथ र सपोट ढुक्क भएर अगाडि बढ्न सजिलो भएको छ’ उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण