शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलस्थित फुडल्याण्डमा आगलागी, डेढ करोडको क्षति

बिहीबार, २७ फागुन २०७७, १० : २४
बिहीबार, २७ फागुन २०७७

बुटवल–८ मिलनचोकमा रहेको फुडल्याण्डमा आगलागी भएको  छ । बुटवल सेन्टरमा पर्ने फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको  प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, शुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको  बताए ।

मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फुडल्याण्डको मुख्य सडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोका लप्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तला जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फुडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप