बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अरबाजसँग सम्बन्धविच्छेदपछि मलाइकालाई खुशी देखेपछि छोराले दिएका थिए यस्तो प्रतिक्रिया

बिहीबार, २७ फागुन २०७७, १८ : ४५
बिहीबार, २७ फागुन २०७७

बलिउडकी अभिनेत्री मलाइका अरोडले सन् १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । तर करिब १८ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । 

मलाइका र अरबाजका एक छोरा पनि छन् । उनी सम्बन्धविच्छेदको समयमा १२ वर्षका थिए । उनलाई मलाइकाको जिम्मा लगाइएको थियो ।

एक अन्तरवार्तामा मलाइकाले छोराले सम्बन्धविच्छेदको बारेमा दिएको प्रतिक्रियाको बारेमा खुलासा गरेकी थिइन् । उनका छोराले भनेका थिए, “मम्मी म तपाईंलाई खुशी देखेर निकै खुशी छु ।”

छोरा अरहानले दिएको प्रतिक्रियाबारे बोल्दै मलाइकाले भनेकी थिइन्, “छोरालाई हाम्रो सम्बन्धको बारेमा सबैकुरा थाहा थियो । हाम्रो परिस्थितिको बारेमा पनि उसलाई सबै थाहा थियो । मलाई छोरालाई बसेर सम्झाउन आवश्यकता नै परेन ।”

छोराले अर्जुन कपूरसँगको सम्बन्धलाई समेत स्वीकार गरेको खुलाएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप