निक र प्रियंकाले ओस्कार मनोनितको नाम घोषणा गर्ने
यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसले गर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ ।
यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यसबारे थाहा थिएन ।’
फेरि निक भन्छन्, ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउनुभएको थियो कि हामी ओस्कार मनोनितको घोषणा गर्दैछौं ।’
अनि, प्रियंका अलमलमा देखिन्छिन् र फेरि भन्छिन्, ‘ठिक छ, यो निकै राम्रो छ कि हामी ओस्कार मनोनयनको घोषणा गर्दैछौं । हामीलाई लाइभ हेर्नुहोला ।’
१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छिन् ।
एकेडेमी अवार्डस्को आधिकारीक ट्वीटर ह्यान्डलले पनि यस खबरलाई पुष्टि गरेको छ । एकेडेमीको पोस्टमा भनिएको छ,‘ओस्कार मनोनयनका लागि को–को उत्साहित हुनुहुन्छ ? प्रियंका चोपडा र निक जोनसलाई सोमबार बिहान ५ बजे र १९ (प्यासेफिक डे–लाईट टाइम) मा हेर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण