बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सलमानसँग 'ब्रेकअप' पछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

सोमबार, ०२ चैत २०७७, ०८ : ४६
सोमबार, ०२ चैत २०७७

बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो । 

सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । 

मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको अन्त्यतिर सलमान र ऐश्वर्याको बीचमा सार्वजनिक रुपमा नै झगडा परेको थियो ।  ‘चलते-चलते’ फिल्मको सेटमा सलमानले झगडा गरेका थिए । फिल्मको मुख्य भूमिकामा शाहरुख खानसँग पनि सलमान भिड्न पुगेका थिए । 
 
जसको कारण फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानी मुखर्जीलाई भित्र्याइयो ।  
 
यति मात्र होइन सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले थुप्रै ठूला फिल्महरुबाट हात धुन परेको थियो । कतिपय निर्देशक र निर्माताले आफ्नो फिल्ममा ऐश्वर्यालाई प्रतिबन्ध लगाएका थिए ।  
 
सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले बलिउडमा टिकिरहनका लागि आफूभन्दा जुनियर अभिनेता विवेक ओबेरोय, अर्जुन रामपाल र प्रियांशु चटर्जीहरुसँग फिल्म खेलिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप