श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति: प्रधानमन्त्री ओली
मङ्गलबार, ०३ चैत २०७७, २२ : ३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा.माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्याउनुभएको योगदानलाई स्मरणसमेत गरेका छन् ।
माक्र्सवादको गहिरो अध्ययन गरेका प्रा. श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत रहेका थिए । प्राध्यापन पेशामा लामो समय बिताएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाएका थिए । मिर्गौला र मुटु रोगबाट पीडित उनको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण