म विवेक ओबरोय होइन, सलमानले मलाई हल्का रुपमा नलिउन्ः जुबैर खान
बिग बस ११ को घरबाट निकालिएका प्रतिस्पर्धी जुबैर खानले आफू विवेक ओबरोय नभएको र कार्यक्रमका प्रस्तोताले आफ्नो बेइज्जती गरेकोमा कानूनी लडाईं लड्ने चेतावनी दिएका छन् ।
जुबैर खान अक्टोबर ८ तारिखमा एन्टोप हिल पुलिस स्टेशनमा रिपोर्ट दर्ता गराउन जाँदा उनलाई उक्त मुद्दा लोनावाला पुलिस स्टेशनको अधिकार क्षेत्रभित्र पर्ने भन्दौ त्यहाँ ऊजुरी दर्ता गर्न सुझाइयो । जुबैर सोमबार लोनावाला पुलिस स्टेशन जाने सम्भावना छ ।
एन्टोप हिल पुलिस स्टेशनको तर्फबाट जुबेरलाई लोनावाल स्टेशन गएर मुद्दा दर्ता गराउन लिखित पनि दिइयो । उक्त लिखित निवेदनमा सलमानले उनलाई ‘तँलाई कुकुर बनाउँछु, तँ बाहिर निस्कि, तँलाई छोड्दिनँ’ भनी उल्लेख गरिएको छ ।
जुबैरले मिडियासँगको कुराकानीमा आफ्नो रोष व्यक्त गरे । जुबेरले भने, ‘सलमानलाई मानिसहरुको बेइज्जत गर्न निकै शौख छ तर म विवेक ओबरोय वा एजाज खान होइन, म यसलाई हल्का रुपमा जान दिन्नँ ।’
जुबैर खानले सलमान र कार्यक्रमलाई देखाउने च्यानलले आफ्नो छवी बिगारेको पनि बताएका छन् । जुबेर आफू ‘निर्देशक’ र ‘अण्डर कभर रिपोर्टर’ भएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण