बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

हीनाको तस्बिरमा फ्यानको कमेन्ट– ‘केही त लाज मानुस्’

शनिबार, ०७ चैत २०७७, २१ : ३१
शनिबार, ०७ चैत २०७७

मुम्बई । अभिनेत्री हीना खान पछिल्लो समय ब्वाइफ्रेण्ड रकी जायसवालका साथ माल्दिप्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । सामाजिक संजालबाट उनले माल्दिप्सका केही तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा उनी सेतो कलरको मोनोकनीमा हट देखिएकी छन् ।

तस्बिर उनले सुईमिङ पुलको किनारमा खिचाएकी छन् । तर फ्यानले तस्बिर रुचाएका छैनन् । केही उनलाई यस्तो तस्बिर बन्द गर्न भनेका छन् । केहीले धर्मको नामले समेत उनलाई यस्तो क्रियाकलाप नगर्न अनुरोध गरेको देख्न सकिन्छ ।

एक युर्जसले उनको तस्बिरमा लेखेका छन् ‘केही त लाज मानुस् ।’ अर्का एक युर्जनले उनलाई मुसलमानको नाममा धब्बा समेत भएको बताएका छन् । धेरै युजर्रले मुसलमान भएकोले यस्तो तस्बिर नखिचाउन अनुरोध पनि गरेका छन् । 

यस अगाडि हिनाले मल्टीकलर छोटो ड्रेसमा केही तस्बिर शेयर गरेकी थिइन् । जुन तस्बिरमा उनी निकै मस्ती मुडमा थिइन् । हिना हालै टिभी कार्यक्रममा ‘बिग बास १४’मा सिनियर प्रतियोगीको रुपमा समेत देखिएकी थिइन् । यसको अलवा उनको एक फिल्म पनि आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप