‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसनमार्फत कलाकार छनौट
काठमाडौंँ । दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने बिषयले नेपाली फिल्म क्षेत्र राम्रै तातेको छ । फिल्मका लागि कलाकार छनौट गर्ने उदेश्यले हालै एभरेस्ट फिल्म एकेडमीमा अडिसन गरिएको थियो । करिब ८०० सहभागी अडिसनबाट कलाकार छनौट समेत गरिएको निर्देशक विशाल सापकोटाले बताए ।
‘केही दिनमा अव फिल्मका फाइनल कलाकार सार्वजनिक गर्नेछौ’ निर्देशक सापकोटाले भने ‘कलाकार सार्वजनिक गरेपछि, वर्कसप समेत गरिनेछ ।’ दक्षिण भारतीय फिल्मबाट राइट लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म युवा फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । यसले ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र यु.एस.एमा वितरण र ‘सफर’ निर्माण गरेको थियो ।
‘अर्जुन रेड्डी’का ओरिजिनल र हिन्दी रिमेक दुवैले हिट भएका छन् । ‘अर्जुन रेड्डी’ का ओरिजिनल दक्षिण भारतीय स्टार विजय देवगरकोन्डाको अभिनय रहेको थियो । दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण