दोस्रो विवाहको तयारीमा करिश्मा, चाँडै नै तोकिनेछ मिति
बिहीबार, ०८ असार २०७४, १६ : ३०
बलिउडमा आफ्नो अभिनयबाट मानिसहरुको मन जित्न सफल नायिका करिश्मा कपुरले वास्तविक जीवनमा पनि कसैको मन जितिसकेकी छिन् र चाँडै नै कसैको बेहुली बन्नेछिन् । खबरका अनुसार करिश्माका प्रेमी संदीप चाँडै नै करिश्मालाई विवाहको लागि प्रस्ताव गर्नेछन् ।
सन्दीप र करिश्मा निकै लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका थिए । पहिला त दुबै आफ्नो सम्बन्ध मिडियालाई लुकाउँथे तर केही समयदेखि हरेक ठाउँमा उनीहरु सँगै देखिन्छन् । करिश्माको परिवार पनि संदीपलाई निकै मन पराउने बताइएको छ ।
करिश्मालाई तीन बेडरुम फ्ल्याट उपहार दिनेछन् संदीपः
संदीप आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्दैछन् । मुद्दा अहिले कोर्टमा छ र अर्को सुनुवाई १९ जुलाईमा हुने बताइएको छ ।
संदीपले चाँडै नै करिश्मालाई जुहुमा तीन बेडरुमको फ्ल्याट उपहारस्वरुप दिँदै छन् भन्ने खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण