जब अमिताभले सबै निर्मातालाई भने, ‘म आजदेखि रेखासँग कहिल्यै काम गर्दिनँ’
बलिउडको सबैभन्दा बढी चर्चामा रहेको अफेयर सुपरस्टार अमिताभ बच्चन र रेखाको थियो । यी दुई बलिउडमा व्यवसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहे । गहिरो प्रेममा रहेका अमिताभ र रेखाको सम्बन्ध टुटेपछि उनीहरुको विषयमा निकै चर्चा पनि भएको थियो ।
तर, रेखासँग सम्बन्धमा खटपट आएपछि अमिताभ बच्चनले रेखासँग कहिल्यै काम नगर्ने घोषणा समेत गरेका थिए ।
रेखाले एक अन्तरवार्तामा अमिताभ बच्चनले रेखासँग काम गर्न नचाहेको खुलासा गरेकी थिइन् । रेखाका अनुसार फिल्म ‘मुकद्दर का सिकंदर’ फिल्मका लागि स्क्रिनिङका लागि अमिताभ र जया सँगै आएका थिए । भने रेखा पनि त्यहीँ थिइन् ।
मिडिया रिपोर्टका अनुसार उक्त फिल्मका लागि रिहर्सल गरिएको रेखा र अमिताभको एउटा सीन देखेर जया रोएकी थिइन् ।
त्यसपछि अमिताभले आफ्ना सबै निर्माताहरुसँग त्यस दिन पछाडि रेखासँग काम नगर्ने बताए । रेखाले यो कुराको जानकारी बाहिरबाट पाएको समेत उक्त अन्तरवार्तामा बताएकी थिइन् ।
रेखाले अमिताभसँग उक्त विषयमा कुरा पनि गरेकी थिइन् । तर अमिताभले यो विषयमा कुरा नगर्न मानेनन् र कहिल्यै उक्त विषयमा प्रश्न नगर्न समेत अनुरोध गरेको रेखाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण