नेपाल र रावलको कारवाहीलाई योगेशले भने–कमजोर सत्ताको अन्तिम अस्त्र !
सोमबार, १६ चैत २०७७, २२ : २४
काठमाडौं । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले सोमबार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेको सार्वजनिक भएपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् । ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक छलफलपछि एमाले–माओवादी प्रदेश प्रमुखसँग परामर्श गर्दै
-
चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि ७० भन्दा बढी उडान रद्द
-
म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री
-
राजनीतिक विवादको केन्द्रमा सर्वोच्च अदालत
-
खेलकुद बोर्डका सदस्य सचिवलाई अर्को स्पष्टीकरण
-
झलनाथको प्रस्टीकरण : पार्टी फुटाउने हल्ला सुनियोजित