नेपाल र रावलको कारवाहीलाई योगेशले भने–कमजोर सत्ताको अन्तिम अस्त्र !
सोमबार, १६ चैत २०७७, २२ : २४
काठमाडौं । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले सोमबार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेको सार्वजनिक भएपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् । ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण