रुपन्देहीका प्रजिअ र सुरक्षा प्रमुख फिर्ता
सोमबार, १६ चैत २०७७, २२ : ५१

काठमाडौं । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसहित दुईओटा सुरक्षा निकायका प्रमुखलाई फिर्ता गरिएको छ । गृह मन्त्रालयले आकस्मिक रुपमा प्रजिअ सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्रजिअ पिताम्बर घिमिरे, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी बलका एसपी भरत खनियाँलाई जिम्मेवारी मुक्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार एसपी पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित योजना तथा अन्वेषण निर्देशनालयमा ल्याइएको छ । रुपन्देहीमा एसपी मनोज केसीको काज सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी बलका एसपी भरत खनियाँलाई प्रधान कार्यालयमा सरुवा गरेर राजेश उप्रेतीलाई रुपन्देही पठाइएको छ । रुपन्देहीमा सशस्त्र प्रहरीको २७ नम्बर गण रहेको छ । खनियाँले दुई महिनाअघि मात्रै रुपन्देहीको कार्यभार समालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
-
दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’