द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ ।
खोकनातर्फबाटे जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण र सडक कालोपत्र तयारी गरेको हो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्गमा हाल पहिलो चरणअन्तरगत रोडवेभित्र कटिङ, फिलिङसहित सब ग्रेड फरमेसन तयार गर्ने, बक्स कल्भर्ट, पाइप कल्भर्ट बनाउने तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनौट परीक्षण कार्य सकिएको छ ।
त्यस्तै, निर्माण सामग्री लैजान आवश्यक पहुँचमार्गका लागि बेलीब्रिज हाल्ने कामसमेत अन्तिम चरणमा छ । नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले द्रुतमार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको जानकारी दिए ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण