बिग बोस ११ः गेट खुल्ला देखेर घरबाट भागिरहेका थिए यी प्रतिस्पर्धी, पक्राउ
बिग बोसको यो संस्करणमा जे भइरहेको छ, त्यो सायद पहिले कहिले पनि भएको थिएन । शो सुरु भएको १० दिन भयो । यसबाट दुई प्रतिस्पर्धी बाहिरिसकेका छन् । यीमध्ये एक हुन् प्रियांक शर्मा र दोस्रो जुबैर खान । अब खबर यो आइरहेको छ कि एक प्रतिस्पर्धी घरबाट भाग्ने कोसिस गरिरहेका बेला पक्राउ परेका छन् ।
मिडिया रिपोर्टका अनुसार विकास गुप्ता एक गेट खुल्ला देखेर घरबाट भागेका थिए । कार्यक्रमका निर्माण पक्षको गल्तीका कारण बिग बोसको घरको एउटा गेट खुल्ला रहेको बताइएको छ । जब विकासले खुल्ला गेट देखे तब त्यहाँबाट तुरुन्त भागे । यद्यपी, केही समयपछि नै उनलाई पक्राउ गरेर फिर्ता ल्याइयो । तर घरबाट भागेर उनले बिग बोसको घरको नियम तोडे त्यसकारण उनलाई सजायँ दिइयो ।
यसअघि उनको हिना खानसँग निकै झगडा भएको बताइएको छ । यसबाट घरका अन्य सदस्य पनि तनावमा थिए र विकास पनि निकै उदास थिए । यस्तोमा जब उनले खुल्ला गेट देखे, तब भाग्ने मौका खेर जान दिएनन् ।
हुन त जबदेखि विकास घरमा प्रवेश भएका छन् हरेक झगडामा कुनै न कुनै कारणले संलग्न छन् । शिल्पा शिन्देदेखि अर्शी खान र आकाश ददलानीसम्म उनको हरेक सदस्यसँग बहस भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण