राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । राष्ट्रपतिले शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।
यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाएका थिए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।
अपूरणीय क्षति अध्यक्ष दाहाल
त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको बिगुल फुक्नुभएको स्मरण गर्दै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको बताए । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण