सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बनाएको छ- मदनकृष्ण श्रेष्ठ
काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बन्न सहयोग पुर्याएको बताएका छन् । उनले यो क्षेत्रबाट दिदीबहिनीले राम्रो आम्दानी गर्न सफल भएकोमा खुसी समेत ब्यक्त गरे । वीर अस्पताल पछाडि महावौद्धमा सन्चालनमा आएको ‘युनिसेक्स सलुन एण्ड हेयर ब्युटी स्टुडियो’ उद्घाटनमा पुगेको श्रेष्ठले शो कुरो बताएका हुन् ।
मेकअप स्टुडियो उद्घाटन श्रेष्ठसहित सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपाल लगायतले संयुक्त रिवन काटेर गरेका गरेका थिए । विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आएका सुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त रुपमा उक्त मेकअप स्टुडियो सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने आचार्यले मेकअफ स्टुडियोले महिलाहरु घरको चुलाचौका भन्दा माथि उठेर स्वरोजगार बन्न ठुलो अवसर प्रदान गरेको बताइन् । गायिका देविका बन्दना, मिसेस नेपाल क्विनका प्रतियोगी लगायतले कार्यक्रममा मेकअप स्टुडियोको महत्वका बिषयमा बोलेका थिए ।
स्टुडियोमा अनुभवी व्यूटीसियनहरुद्वारा कपाल काट्ने, हेयर स्टाइलिङ गर्ने, बडिवाक्स, फेसियल, मेनीकियर, पेडीकियर, आइल्यास एक्स्टेन्सन, मेहेन्दीलगायत विवाहका लागि सम्पूर्ण महिला तथा पुरुषलाई आवश्यक पर्ने मेकअपको सेवा दिइने छ ।
स्टुडियोको उद्घाटनको अवसर पारेर एक महिनासम्म महिला तथा पुरुषको लागि सम्पूर्ण सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक सुमिला श्रेष्ठले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण