रेशम चौधरीलाई माफी दिनु न्यायसंगत हुँदैनः दुर्गा पौडेल
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् । ‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’ संसद्मा बोल्दै पौडेलले भनिन्, ‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो । यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन ।’
सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने उनले बताइन् । ‘विभिन्न पक्षले यसलाई राजनीतिक घटनाका रुपमा अघि बढाउनुपर्छ भनेका छन् । सरकार गठनकै लागि माफी दिन तत्परता देखाइएको हो भने त्यो अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी हो । त्यसलाई सही भन्न मिल्दैन’ उनले भनिन्, ‘यसो भएमा कानून र न्यायको अवहेलना हुनेछ । देशमा अत्यन्त नराम्रो नजिर पनि स्थापित हुनेछ ।’
थारु समुदाय सदियौंदेखि उत्पीडित हुँदै आएकाले यस समुदायको मुक्ति आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताइन् । ‘थारूमाथि सदियौंदेखि उत्पीडन हुँदै आएको छ । यस समुदायको मुक्ति आन्दोलनलाई समर्थन गर्दछौं । तर, २ वर्षको नाबालकलाई जसरी हत्या गरिएको छ । त्यो जघन्य अपराध हो र त्यसलाई थारु मुक्ति आन्दोलनसँग जोड्नु न्याय संगत हुँदैन ।’ सांसद् पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताइन् । यस मुद्दालाई गम्भिरतापूर्वक हेर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण