वर्षाले प्रदूषणबाट राहत
काठमाडौँ उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ । भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ ।
काठमाडौँ उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक (एक्यूआई) घटेको छ । बाराको सिमरा, ललितपुरको भैँसेपाटी र भक्तपुरको सूचकांक २ सयभन्दा तल झरेको छ । यिनै ठाउँमा सूचकांक शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो ।
जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ । यो ३ सय नाघेपछि घातक मानिन्छ । एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धूवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण