चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित
मुम्बई । बलिउडको चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् ।
‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले अगाडि भनेकी छन् ‘उनी अहिले ब्रीच क्यान्डी अस्पतालमा डाक्टरको निगरानीमा रहेका छन् । उनी छिट्टै निको भएर घर फर्किनेछन् । शुभकामना र सुभेच्क्षाका लागि धन्यवाद ।’
बलिउडमा रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खानलगायत थुप्रै स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।
गीतसंगीतको कुरा गर्ने हो भने बप्पीले निकै सुपरहिट गीत दिएका छन् । जसमा ‘सुपर डान्सर’, ‘बम्बे से आया मेरा दोस्त’, ‘ऐसे जीना भी क्या जीना है’, ‘प्यार चाहिए मुझे जीने के लिए’, ‘रात बाकी’, ‘यार बिना चैन कहाँ रे’ लगायत रहका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण