भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४५९ जनाको मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सब भन्दा कम थियो ।
हालका केही दिनयता भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको छ ।
कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण