तमिल सुपरस्टार रजनीकान्तले पाउनेछन् फिल्मको सर्वोच्च सम्मान
दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मानित गरिनेछ । केन्द्रीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले बिहिबार यसको घोषणा गरेको हो । यसलाई तमिलनाडु चुनावसँग जोडेर हेरिएको एक प्रश्नको जवाफमा उनले राजनीकान्तले फिल्मी उद्योगलाई दिएको योगदानका लागि यो सम्मान दिन लागेको स्पष्टिकरण दिए । यसको चुनावसँग केही लेनदेन नभएको पनि उनले जानकारी दिए । वास्तवमा तमिलनाडुमा ६ अप्रिलमा विधानसभा चुनावका लागि भोटिङ हुँदै छ । राजनीकान्तलाई ५१ औं दादा साहब फाल्के अवार्ड ३ मेमा दिइनेछ ।
मोदीले दिए बधाईः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रजनीकान्तलाई सोसल मिडिया पोस्टमा बधाई दिएका छन् । उनले लेखे, ‘थुप्रै पीढिमा लोकप्रिय, जबरजस्त काम जो कमै मानिसहरु गर्न पाउँछन्, विविध भूमिका र एक प्यारो व्यक्तित्व... यस्ता छन् रजनीकान्त जी । यो निकै खुसीको कुरा हो कि थलाइवालाई दादा साहेब फाल्के पुरस्कारद्वारा सम्मानित गरिएको छ, उनलाई बधाई ।’
रजनीकान्तले २६ दिनमा छोडेका थिए राजनीतिः
रजनीकान्तको राजनीतिमा आउने सपना अधुरा नै रह्यो । ७० वर्षका रजनीले खराब स्वास्थ्यका कारण चुनावी राजनीतिमा नआउने निर्णय गरेका छन् । ३ डिसेम्बरमा राजनीकान्तले आफू नयाँ पार्टीसहित आउने बताउँदै सन् २०२१ को विधानसभा चुनाव पनि लड्ने बताएका थिए । ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरिनेछ तर यस्तो हुन सकेन र २६ दिनभित्रै नै उनले राजनीति छोडिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण