वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर
झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर तहमै रहेको छ ।
राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौँको वायुको गुणस्तर १६० को हाराहारीमा झरेको देखाए । वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ ।
बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो । बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवाँलोका कारण गत शुक्रबार वायुमण्डलको भिजिबिलिटीको मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर सात किलोमिटर पुगेको थियो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण