महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षविहीन, फोहोर व्यवस्थापनमा समस्या
काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिए।
“पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भने । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पु¥याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।
विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिए ।
काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राईले फोहोरको समस्या समाधानका लागि प्रभावित स्थानीयवासीसँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रबार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गरिन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण